Logout

चर्चामा

पालिकाहरूलाई अधिकार दिन नहिच्किचाएको  प्रधानमन्त्री ओलीको दाबी

792 Shares

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाहरूमा पुँजीगत खर्च गर्ने क्षमता बढाउने गरी बजेट विनियोजन गरिने बताएका छन् । बुधवार नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रूपमा रहेको बताए । 

पुँजीगत खर्च गर्ने क्षमता भएकाहरूले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको ओलीले बताए । उनले भने, ‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओछ्याउने हो र ? वस्तुतः हेर्नुहुन्छ भने प्रशासनिक खर्चबाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो । त्यहीँ जान्छ सबै । जहाँसुकै पनि पुँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो ।

क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन् गाह्रो हुन्छ । त्यसकारण त्यो पुँजीगत खर्च हुने गरी हामी विनियोजन गर्छौँ । पुँजीगत खर्च नहुने गरी कतै थुपार्ने कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोच होइन । म साथीहरूलाई स्पष्ट भन्न चाहन्छु त्यस्तो सोच हुनै सक्दैन । थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र ? 

प्रधानमन्त्री ओलीले पालिकाहरूलाई अधिकार दिन नहिच्किचाएको पनि बताए । पालिकाहरुले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए । 

प्रदेश सरकार र पालिकाले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने पनि प्रधानमन्त्री ओलीको भनाई छ ।  प्रधानमन्त्री ओलीले कतिपय कुरा पालिकाहरूमा एकरूपताका साथ गर्नुपर्ने बताए ।  

पालिकाहरूबीच भिन्नता नआइ समान ढङ्गले काम हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।उनले चैत १५ गतेदेखि काठमाण्डौमा मेलम्चीको पानी वितरण गर्न सुरु गर्ने पनि जानकारी दिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार