Logout

चर्चामा

संखुवासभामा वैशाख ११ देखि प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने 

841 Shares

 

काडमाडौँ  - संखुवासभाको चैनपुर नगरपालिकामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर नगरपालिकाको आयोजनामा अगामी वैशाख ११ देखि तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो।

नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख भरतकुमार खत्रीले जानकारी दिए।

प्रतियोगिता वैशाख ११ देखि १८ गतेसम्म चैनपुर रंगशालामा हुनेछ। प्रतियोगिताका विजयी टिमले पाँच लाख ५५ हजार ५५५‚ उपविजेताले तीन लाख ३३ हजार ३३३ रुपैयाँ पाउने छन्। यस्तै‚ तृतीय र सान्त्वना टिमले समान एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १५ हजार, सर्वाधिक गोलकर्ताले १० हजार, उत्कृष्ट गोलरक्षकले १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ पाउने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार