काठमाडौं । नेकपा एमालेले यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सार्ने प्रयासमा सरकार लागेको भन्दै त्यो प्रयास असफल पार्न कडा प्रतिवाद गर्ने भएको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यसका लागि सम्पुर्ण पार्टी कमिटी परिचालन गर्ने बैठकले निर्णय गरेको बैठकपछि गुरुङले जानकारी दिए । त्यस्तै बैठकले एमालेको चुनावी घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदा पारित गरेको छ ।
त्यसैगरी प्रदेश र प्रतिनिधि सभामा बन्द सुचीमा रहेका नामहरू हटाउने र निर्वाचन आयोगलाई जानकारी दिने, थप १२ वटा विभाग गठन गर्ने, १०५ जना थपेर २७८ सदस्यीय सल्लाहकार परिषद बनाउने, ५१ जनाको सम्पर्क समन्वय कमिटी बनाउने सिफारिस अनुमोदन, बैशाख ९ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्दै पालिकाहरुमा पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी वैशाख ९ गते नै जेष्ठ कम्युनिस्ट सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।