Logout

चर्चामा

९ खेलाडीमा सीमित बोलोग्नासँग बराबरीमा रोकियो युभेन्ट्स

806 Shares

युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा ९ खेलाडीमा सीमित​ बोलोग्नासँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बोलोग्नासँग १–१ गोलको बराबरीमा खेलेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा खेलको ५२ औँ मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । खेलको ८४ औँ मिनेटमा एडमा सौमाओरो र ग्यारी मेडेलले रातो कार्ड पाएपछि बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अङ्क जोडेर चौथो स्थानमा छ । यता ३२ खेलबाट ३८ अङ्क जोडेर बोलोग्ना १३ औँ स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार