Logout

चर्चामा

मौसम : शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा हुने

779 Shares

काठमाडौं  । आज पनि मौसम बदली कायमै रहेको छ । स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक - दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि देशका पहाडी भूभागका केही ठाउँमा मौसम बदली भई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार