697
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा रहेको ‘क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त गर्दैनन्’ भन्ने कुरा पुष्टि हुँदै गएको बताएका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै राजनीतिक नेताहरूमा नातावाद, कृपावादको बारेमा यत्रो बहस भइराखेको अवस्थामा प्रचण्डले त्यसलाई मलजल गरेको बताए ।
‘देशमा क्रान्तिकारी हुँ भन्नेले त आफन्तबाहेक अन्य कोही नियुक्तै गर्दैनन भन्नेथ्योे,’ राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल उहाँलाई राष्ट्रिय सभामा नियुक्त गरियो ।’