975
Shares
नुवाकोट । नेकपा एमालेले ककनी गाउँपालिकामा पार्टीबाट उठाउने उम्मेदवारहरूको सर्वसम्मत टुंगो लगाएको छ ।
पालिका कमिटीको बुधवार बसेको बैठकले गाउँपालिका अध्यक्षमा काशीराज अधिकारी र उपाध्यक्षमा लजिता तामाङको नाम सिफारिस गरेको छ ।
अधिकारी एमाले नुवाकोटका उप-सचिव हुन् भने उपाध्यक्ष जिल्ला कमिटि सदस्य एवम ककनी गाउँपालिकाको सह इन्चाज हुन् । युवा नेता अधिकारी नेतृत्व कसरी गर्ने भन्ने विषयमै अध्ययन गरेका कमै राजनीतिज्ञमा पर्छन् ।
सामाजिक काममा अबल अधिकारी वरिष्ठ अडिटर पनि हुन् । एमालेले गाउँपालिकाका ८ वटै वडाका लागि वडाध्यक्षका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ ।
गठबन्धन हुँदा पनि कुनै पनि हालतमा जनताले एमालेलाई जिताउने अधिकारीले बताउनु भयो ।
ककनी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले ३ वटा वडा जितेको थियो ।