496
Shares
काठमाडौं । आज भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गर्न लागेको जनकपुर–जयनगर रेललाई निकै सिंगारिएको छ । रेललाई फूल, मालाले भव्यसँग सिंगारिएको छ ।
रेलको दुई देशका प्रधानमन्त्रीले आज हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।


नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ ।
रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो ।