Logout

चर्चामा

पीएनजीलाई नेपालले दियो १ सय ८४ को लक्ष्य

504 Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनायो ।
 
नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । 

आक्रामक सुरुवात गरेका कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । खेलको पहिलो बलमा छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका भुर्तेल दोस्रो बलमा रनआउट हुनबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदा सहज रनआउट भए ।   

दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । अलेइ नाओको बलमा एज लागेर किपरको हातबाट आउट हुँदा आफ्नो दोस्रो अर्धशतकबाट ७ रनले पछि परे । 

रोहितले ३४ रन बनाए । चाड सोपरको बलमा एज लागेर क्याच हुनु अघि २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

रोहित र आसिफले बाहेक अन्य खेलाडीले ठुलो साझेदारी गर्न सकेनन् । 
आक्रामक सुरुवात गरेको नेपालले ११ औं ओभरमा १ विकेट गुमाएर १ सय ४ रन बनाएको अवस्थाबाट थप ३० रन जोड्न ५ विकेट गुमायो । नेपालले १२ औं ओभर देखि १६ औं ओभरसम्म हरेक ओभरमा   विकेट गुमाउन पुग्यो ।  

आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए । 

दिपेन्द्र सिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । चार्ल्स अमिनीको बलमा रिभर्स सट हान्ने प्रयास गर्दा असद भालाको हातबाट क्याच आउट भए ।  

रिले हेकुरेको स्लोवर बलमा बोल्ड भएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दा ११ रन मात्र बनाए ।  लोकेश बमले ४ बलमा १ चौकाको मद्दतमा ५ रन जोड्दा आउट भए । 

१४ रन बनाएका करन केसीले नाओको फुलटस बलमा क्याच हुनु अघि २ छक्का प्रहार गरेका थिए । सोमपाल कामीले ४ बल खेल्दा मात्र १ रन बनाउन सके । 

सन्दीप लामिछाने २ बलमा १ रन बनाउँदा अविजित रहे । 

पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २/२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १/१विकेत हात पारे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार