Logout

चर्चामा

भरतपुर ११ मा ९७ वर्षकी लालमतिको नेतृत्वमा कांग्रेस परित्याग गरी सिंगो टोलनै एमालेमा

790 Shares

चितवन । चितवनको सबैभन्दा बढि मतदाता भएको भरतपुर महानगरपालिका वडा नंं.११ को लामा टोलका अधिकांश एमाले प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट शुरु गरेको घरदैलो अभियानको समापन कार्यक्रममा सो टोलबाट करीव १ सय जना एमालेले प्रवेश गरेका हुन् ।

सो टोल कि ९७ वर्षकी वृद्वा लालमति लामाको नेतृत्वमा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। प्रवेशपछि लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर काँग्रेसलाई भोट दिदै आएपनि देशका लागि परिवर्तन गर्ने एमाले मात्र रहेको, वृद्दवृद्दा हेरचाह गर्ने पार्टी एमाले भएकाले अब वाँकी जीवन एमालेलाई समर्पित गर्ने बताइन् ।

कार्यक्रममा नेकपा (एमाले) वागमती प्रदेश सचिव विजय सुवेदीको प्रमुख आतिथ्यतामा, कृष्णभक्त पोख्रेल, प्रदेश सचिवालय सदस्य तेजेन्द्र खड्का, पुरुषोत्तम न्यौपाने, शारदा कुमाल, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, वडा अध्यक्ष वावुराम अधिकारी लगायतको उपस्थित रहेका थिए ।

भरतपुर ११ मा ५ दिन लामो घरदैलो अभियानमा प्रदेश कमिटी, जिल्ला कमिटी, महानगर कमिटी, वडा कमिटी र टोल कमिटीका नेताहरु ६ भागमा वाँडिएर २८ ठाउँका टोलहरुमा घरदैलो गरिएको एमाले भरतपुर(११ का वडाध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार