Logout

चर्चामा

एमाले अध्यक्ष ओलीको उदघोष : पार्टी छोडेर चोक्टा खान गएकालाई वैशाख ३० गते झोलमा डुबाइदिन्छौं

882 Shares

उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाइदिने उदघोष गर्नुभएको छ । उदयपुरमा आज आयोजित जनसभामा बोल्दै एमाले अध्यक्ष ओलीले अवसरवादीहरुलाई जवाफ दिने उपयुक्त समय वैशाख ३० भएको बताउनु भयो ।

‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो,’ एमाले उदयपुरले गाइघाटमा आज आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ,’ सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको बताउनुभयो ।

पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गर्ने अठोट गर्नुभयो ।

अध्यक्ष ओलीले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो । ‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुनः जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं ।’

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार