Logout

चर्चामा

प्रचण्डले कचौरा लिएर कहिले बालकोट, कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्ने गरेका छन् : धनराज गुरूङ

1k Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई आफ्नो स्पष्ट अडान र राजनीतिक मार्गमा हिँड्न आग्रह गर्नुभएको छ ।

सोमबार पूर्वसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा माइतीघरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा माइतीघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले जोखिमले माओवादीलाई जगलबाट डोहोर्‍याएर शान्तिपूर्ण बाटोमा ल्याएको बताउनुभयो। तर प्रचण्ड अहिले कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने गरेको टिप्पणी गर्नुभयो ।

‘गिरिजाबाबुले जुन जोखिमले माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा डोहोर्याएर लिएर आउनु भयो अहिले अध्यक्ष प्रचण्ड कचौरा लिएर कहिले बालकोट त कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्ने गरेका छन्,’ उहाँले भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार