Logout

चर्चामा

यसपटकको निर्वाचनमा आँखाबाट मतपेटिका ओझेल हुन दिन्नौँ : ओली

986 Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा मतपेटिकालाई आफ्नो आँखाबाट ओझेल हुन नदिने बताएका छन । सोमबार पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरूको आँखाअगाडि जतिबेलै मतपेटिका हुनुपर्ने बताएका हुन् ।

उनले ०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकामा भएको जस्तो हुनसक्ने भन्दै सजग रहन आग्रह गरे । उनले भनेका छन, ‘यसपल्ट हामी मतपेपटिका आँखाबाट ओझेल हुन दिन्नौँ । हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ ।

हाम्रो आँखा अघि मत हालिनुपर्छ । हाम्रो आँखा अगाडि मत गनिनुपर्छ । यदी विश्वास भएको भए यी सबै कुराहरू गर्नै पर्दैनथ्यो । गोप्य मतदान किन? यो विश्वास नभएर हो त?’ ओलीले नेकपा एमाले देशभित्र मात्र होइन देशबाहिर पनि स्पष्ट विचार, दृष्टिकोण, सुदृढ अडान र देशप्रति समर्पित पार्टी भएको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार