Logout

चर्चामा

लाज नभएको नकचरो भनेर किन जंगिए ओली ?

927 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लाज नभएको भन्दै आलोचना गरेका छन् ।

आज खनालको गृहक्षेत्र पुगेका ओलीले सभालाई सम्बोधन गर्दै एमालेबाट सांसद जितेर एमालेको बाकस खाली गर्नुपर्ने भनेकोमा आक्रोश पोखे । ‘एमालेको सांसदको फुली बोक्ने ? फकाल्नुपर्दैन ?’

ओलीले झलनाथ खनालप्रति इंकित गर्दै भने,‘विचार गर्नुहोस् त कति सारो लाज नभएको होला ?’ खनालमाथि नुन र गुन बिर्सिएको आरोप लगाए । खनाललाई जनताले भारी मत दिएर जवाफ दिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका नेता झलनाथ खनालले ओलीलाई सुन्यमा झारिदिने भनी अभिव्यक्ति दिएको भोलिपल्ट उनकै गृहक्षेत्र पुगेर ओलीले कडा जवाफ दिएका हुन् । उनले एमाले कायकर्तामा नङ नगाड्न चेतावनी समेत दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार