Logout

चर्चामा

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

1k Shares

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका माधव कुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । 

एमालेले १४ जनालाई पदमुक्त नगरी सभामुखले गैर कानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइका लागि पेसी तोकिएको हो । पटक पटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ । 

यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलो पटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

तर, सचिवालयले सो सूचना टाँस नगरेपछि सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार