884
Shares
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा सुरु भएको छ।
महाधिवेशनमा देशभरबाट १ हजार २०० जना पत्रकार पोखरामा भेला भएका छन्। महाधिवेशनमा ९०० प्रतिनिधिसँगै सल्लाहकार, मनोनीतसहितका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
अहिले प्रेस चौतारीको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले सञ्चार मुद्दाबारे सहभागीहरुबीच गहन रुपमा छलफल हुने बताए ।