Logout

चर्चामा

२४ घण्टामा थपिए ११२ कोरोना संक्रमित, मृत्यु संख्या शून्य

694 Shares

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ६ हजार ८०१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ६६४ पुगेको छ । सोही अवधिमा १ लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ३४० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४२९ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय २९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३२८ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ५७ हजार ४३९ जनाको पीसीआर-एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार