Logout

चर्चामा

अभिनेत्री करिश्मा एमाले प्रवेश गर्दै

982 Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।

करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’ उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ ।

आज चाहिं भेटेर छलफल गरें ।’ आफ्नो ‘पोजिसन’अनुसार पार्टीले भूमिका दिनुपर्ने पनि उनले बताइन् । यसअघि डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढाजस्तै थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार