Logout

चर्चामा

वडा अध्यक्ष सहित ७० जना समाजवादी पार्टी त्याग गरी एमालेमा प्रवेश

1k Shares

बाँके । बैजनाथ गाउँपालिकामा नेकपा समाजवादी पार्टी (एस) पालिका कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य काली बहादुर सिंहले एमालेमा प्रवेश गरेका छन् ।

उनी बैजनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष जनप्रतिनिधि समेत हुन् । नेकपा समाजवादी दलमा प्रवेश भएका उनी पूर्ण रूपमा नेकपा एमालेमा प्रवेश गरेकाे पालिका कमिटी अध्यक्ष ईन्द थापाले जानकारी दिए ।

काली बहादुर सिंह सहित ७० जना समाजवादी पार्टी त्याग गरी पूर्णरूपमा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई नेकपा एमाले केन्द्रीय सदस्य शान्ति ढकालले पार्टी स्वागत गरेकी छन्।

विचारमा फरक छैन सिद्धान्तमा भिन्नता छैन हामी समृद्ध नेपाल खुसी नेपालीको अभिभारा बोकेका छौं भन्छौ भने किन फरक पार्टीको आवश्यक पर्यो नेता काली बहादुर सिंहले बताए ।

उनले स्थानीय सरकार बैजनाथ गाउँपालिकामा समृद्ध बैजनाथ खुसि बैजनाथवासी निर्माणमा केन्द्रीकृत सरकारका कार्य सम्पादन उल्लेख रहेको बताउदै अब हुने निर्वाचनमा समेत बैजनाथ गाउँपालिकामा एमालेको लाल किल्ला हुने दावि समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार