Logout

चर्चामा

चुनाव सार्नेबारे कुरा भइरहेको छः अध्यक्ष नेपाल

809 Shares

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका छन् ।

आइतबार संसद बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । उनले आगामी वैशाखमा तोकिएको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताए ।

नेकपा एमालेलाई फुटाएर नयाँ पार्टी गठन गरेपछि सत्ता प्राप्त गरे पनि आमजनमानसमा विश्वास आर्जन गर्न नेपाललाई कठिन छ । त्यसैले पनि स्थानीय निर्वाचनको मिति सार्न प्रयास हुन थालेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार