1.1k
Shares
रूपन्देही । रुपन्देहीमा वडाअध्यक्ष सहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
रूपन्देहीको मायादेबी गाउँपालिका वडानम्बर १ का अध्यक्ष पल्टु लोध, कार्यपालिका सदस्य रिना चौधरी पार्टी प्रवेश गरेका छन् । उनीहरु संगै विभिन्न पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, रुपन्देही इन्चार्ज भुमिस्वर ढकाल, जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीमा स्वागत गरे । एमाले सचिव विश्वकर्माले नेकपा एमालेले दक्षिणी क्षेत्रमा पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तीब्र पारेको र मर्चवार लगायतका क्षेत्रबाट हजारौं कार्यकर्ता प्रवेश गरिरहेको बताए ।
उनले रुपन्देही जिल्ला एमालेको लाल किल्ला बनाउने दावी गरे ।