Logout

चर्चामा

युक्रेनबाट ५ सय ११ जना नेपाली बाहिरिए

805 Shares

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।  

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए।

उद्धार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरू सुरक्षित गन्तव्यमा पुगेका छन् ।

उद्धार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार