Logout

चर्चामा

महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनको तयारी पुरा (नक्सासहित)

703 Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनको तयारी पूरा गरेको छ।

मंगलबार पशुपति क्षेत्रमा हुने महाशिवरात्रिका लागि पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूको सहजताकालागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।

महाशाखाले पशुपति क्षेत्रमा हुने दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र हुँदै चल्ने यातायात तथा मालबाहक सवारी साधनहरुलाई बैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था मिलाउनुका साथै सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाउने जनाएको छ ।

महाशिवरात्रि पर्वमा  ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागी करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने जानकारी दिएको छ ।

73d2eddc-77a4-4bb0-a402-418c73014608.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार