662
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘व्याख्यात्मक टिप्पणी’ सहित संसदबाट एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
आईतवार(आज) बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यो निर्णय गरेको हो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा समर्थन नजनाउँदा सत्ता गठबन्धन नै टुट्ने भएकाले व्याख्यात्मक टिप्पणी गरेर अघि बढ्न आवश्यक रहेको बताएका थिए।
एमसीसीमा रहेको विवादित विषयमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र गठबन्धन जोगाउने निर्णय भएको हो । यो निर्णयमा चार नेताले भने असहमति जनाएका छन् ।
नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका माओवादी स्रोतले जनाएको छ ।