Logout

चर्चामा

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

684 Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेकाे छ ।

एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले शुक्रवार निर्वाचन आयोग पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हुन्। एमालेले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरेको हो ।

एमालेको दल दर्ता नं ३२ रहेको जनाइएको छ । महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरेका छन्।

उनले स्थानीय तहको निर्वाचनको तयारीका लागि नै एमालेले अहिले देशभरि नै निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी पनि दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार