काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा विप्लवले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए ।
नेकपाका केन्द्रीय सदस्य एवम् वार्ता टोलीका सदस्य उदयबहादुर चालाउनले बन्दी रिहाइ र तीन बुँदे सहतिको कार्यान्वयनबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताए । दिउँसो १२ बजे भएको भेटावर्तामा विप्लवसहित खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।
२१ फागुनमा भएको सहमति अनुसार बन्दी रिहाइ कार्यान्वयन शुरू भइसकेको र प्रक्रिया अनुसार केही समय लाग्ने प्रधानमन्त्रीले जानकारी दिएको चलाउनेले बताए । उनले आफ्ना एक सय ४८ जना नेता/कार्यकर्ता अझै जेलमै रहेको बताएका छन् । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाँइले पनि प्रधानमन्त्री-विप्लव भेटमा बन्दी रिहाइ र समसामयिक राजनीतिक परिवेशमा छलफल भएको बताए ।
यो पनि पढ्नुस
नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।
पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पत्र पुर्याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको उनले बताए । पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको बुझिएको छ ।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।