Logout

चर्चामा

फागुन १३ गते जसपाको कार्यकारिणी समिति बैठक बस्दै

486 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ।

जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो। बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसदमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषयमा छलफल हुने जनाइएको छ।

जसपाभित्र एमसीसीबारे पक्ष र विपक्षमा विचार आइरहेका छन्। जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको समर्थन जनाएका छन् भने अध्यक्ष उपेन्द्र यादव खुलेका छैनन् । दुई नेताबीच पार्टीको आन्तरिक समीकरणबारे पनि मतभिन्नता रहेको बताइन्छ।

गत माघमा भएको राष्ट्रियसभा निर्वाचनपछि उनीहरुबीच विवाद बढेको जानकार बताउँछन्। जसपाको कार्यकारीणी समितिमा ३५ सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार