Logout

चर्चामा

ललितपुरमा कोरोना भाइरसविरुद्धको बुस्टर डोज सुरु

731 Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज सोमबारदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ ।

महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

lalitpur-mahanagar_LzXpMkeeKW.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार