Logout

चर्चामा

संसद बैठकमा एमसीसी टेबुल हुँदै,अर्थमन्त्री शर्माले टेबुल नगर्ने

651 Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको छ ।

केहीबेरमै बस्ने प्रतिनिधिसभाको परामर्श समितिको बैठक बसेर संसदको कार्यसुचीमा राखिने र आजै बस्ने बैठकबाट टेबुल गरिने सरकारका प्रवक्त ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

एमसीसीको टेबुल भने अर्थमन्त्री जनार्दन शर्माले गर्ने छैनन् । अर्थमन्त्री जनार्दन शर्मा अस्वस्थ भएका कारण उनी संसदमा नआउने स्रोतले जनाएको छ ।

अर्थमन्त्रीको साटो अर्का कुनै मन्त्रीले एमसीसी टेबुल गर्ने बताइएको छ । सत्ता गठबन्धनमै एमसीसी पास गर्ने या नगर्ने बिषयमा मत नमिल्दा एमसीसी टेबुल समेत हुन सकेको थिएन ।

आजको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबुल गर्नसम्म दिनका लागि माओवादी केन्द्र र समाजवादी पार्टी तयार भएपछि प्रकिया अघि बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार