Logout

चर्चामा

गुरुङको प्रश्‍न- 'एमसीसी लागू भएका संसारको कुन देशमा अमेरिकी सेना भित्रियो ?'

506 Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसी लागू भएका संसारका कुनै पनि मुलुकमा अमेरीकी सेना नआएको प्रस्ट्याएका छन् ।

बीपी अध्ययन प्रतिष्ठान पूर्वी नवलपरासीले देवचुलीमा शनिबार गरेको कार्यक्रममा उपसभापति गुरुङले एमसीसी संसारका दर्जनौं मुलुकमा लागू भएर विकासका काम भइरहेको सुनाउँदै कुनै पनि मुलुकमा हानी नपुर्‍याएको दाबी गरे ।

'एमसीसी राष्ट्रघाती नै हो भने मंगोलियालगायत धेरै राष्ट्रमा एउटा कार्यक्रम सम्पन्न गरेर अर्को काम सुरु गर्दैछ,' उपसभापति गुरुङले भने, 'नेपालमा पनि यो अनुदान आउनेबित्तिकै अमेरिकी सेना आइहाल्छ भन्ने भ्रम हो ।' मंगोलियामा एमसीसीले गरेको कामको अध्ययन गरेर सेनाको विषयमा बुझ्न सकिने उनको भनाइ थियो ।

'अमेरीकाले सेना ल्याउन चाह्यो भने एमसीसी नै कुर्ला ?' उपसभापति गुरुङले प्रश्न गरे, 'एमसीसी लागू भएका संसारको कुन देशमा अमेरिकी सेना भित्रिएको छ ?' एमसीसीको विषयलाई राजनीतिक दाउपेजको एजेन्डा बनाएको भन्दै गुरुङले असन्तुष्टि जनाए ।

एमसीसी २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा माओवादी केन्द्रले नेपाल भित्र्याएको उल्लेख गर्दै गुरुङले अहिले विरोध गर्ने पार्टीले आफ्नै पालामा कुनै न कुनै स्थानबाट एमसीसी पास गराउन लागेको प्रमाणहरु प्रशस्त रहेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार