Logout

चर्चामा

नेपाली कांग्रेसका नेता मनोज कुमार मेहता एमालेमा, अध्यक्ष ओलीले नै गरे स्वागत

893 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता मनोजकुमार मेहता नेकपा एमालेमा प्रवेश गरेका छन । उनी शुक्रबार एमालेमा प्रवेश गरेका हुन ।

मेहतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।  ओलीको निवास बालकोटमा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितिमा मेहता पार्टी प्रवेश गरेका हुन ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी विजय गच्छेदारसँगै फोरम लोकतान्त्रिकमा पनि काम गरेका थिए । पछिल्लो समय गच्छेदारसँगै कांग्रेस फर्केका उनी अहिले एमाले प्रवेश गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार