Logout

चर्चामा

आयरल्यान्डसँग टस जितेर नेपालले बलिङ गर्ने

555 Shares

काठमाण्डौं । चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा अहिले खेल सुरु भएको छ । आजको खेलमा नेपालले तीन खेलाडीमा परिवर्तन गरेको छ । आजको खेलमा अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।

यूएईसँगको खेलमा खेलेका साहब आलम, विवेक यादव र आरिफ शेख भने आज बेन्चमा छन् । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो ।

विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ । 

यसअघि नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार