Logout

चर्चामा

५० हजार भारतीय रूपैयाँमा महिला बिक्री

564 Shares

कञ्चनपुर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको ५ महिनापछि सकुशल उद्धार गरेको हो ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रूपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताइन् । सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ, संयोजक भट्टले भनिन्,घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाइफकाइ भारत लगेको देखिन्छ ।

उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताए । माइती नेपालले फरार रहेका विकमाथि कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार