Logout

चर्चामा

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए

744 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १०२२ र एन्टीजेन परिक्षणबाट ५४८ गरी कुल १५७० जना संक्रमित थपिएको जानकारी दिएको हो । ६१४६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.६ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले १३७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८७४ पिसिआर र ३४९१ नमुना एन्टीजेन परिक्षण गरि कुल ११ हजार ३६५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११  पुगेका छन् ।

त्यस्तै आइसीयुमा २५५ जना छन् भने देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा १२२८ जना छन् भने होम आइसोलेसनमा ३८ हजार ८८३ जना रहेका छन् । पछिल्लो  कोरोनाबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार