Logout

चर्चामा

दीपक जैसी ४० वर्ष भारतीय जेलपछि घर फर्किए, परिवारमा छायो खुसी

479 Shares

इलाम। भारतमा ४० वर्ष जेल जिवन बिताएर माई नगरपालिका १० का दिपक जैसी (तिम्सीना) घर फर्कनुभएको छ । लामो यात्राको थकानले गर्दा उहाँले केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा पनि गुलियो खान मन नलागेको प्रतिक्रिया उहाँले दिनुभयो । छोरा फर्किएपछि उहाँका आमा धनमायाले आशा मारे पनि अहिले फर्किएकाले खुसी लागको बताउनुभयो ।

४० वर्षपछि भारतको कोलकोत्तामा जेल जिवन बिताइ रहनुभएका माई नगरपालिका १० का दिपक जैसी (तिम्सीना) घर आउने भएसँगै परिवारमा खुसी छाएको हो । दिपकका कान्छा भाई धर्मानन्दले परिवारमा खुसी छाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पाँच दाजुभाईमा म मात्र वाँकी थिए, अरु दाईहरु बितिसके , दिपक दाई आएपछि सबै भन्दा बढी खुसी म छु ।’

४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ रहनुभएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक)लाई कोलकोताको उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ । अधिवक्ता हिरक सिन्हाले अदालतले बुधबार साँझ नै उहाँलाई तत्काल छोड्न आदेश दिए पनि केही कागजी प्रक्रिया नमिलेका कारण आज मात्र उहाँलाई जेल मुक्त गरिँदैछ । अदालतले छोडे पनि दिपकले छ महिनाको अन्तरमा तारेख धाउनु पर्नेछ ।

जेल प्रशासनको लापर्बाही र कोही आफन्त सम्पर्कमा नपुगेका कारण दिपकको विषयमा सुनुवाई नभएको पाईएको छ । सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि उहाँलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो । दिपक जैसी नामले चिनिने तिम्सिना कोलकोतास्थित दमदम सेन्ट्रल जेलमा बस्दा बस्दै सेतै फुली सक्नुभएको छ ।

६६ वर्षका जैसीसँग उहाँका भतिज गोपाल तिम्सिनाले भेटेपछि एक महिना अघि कोलकातोस्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उहाँलाई जेल मुक्त गराउने काम भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार