557
Shares
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले सरकारलाई सिफारिस गरेको हो ।
१२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सीसीएमसीसीले सिफारिस गरेको हो ।
यसअघि कोरोना संक्रमण तीव्र रुपमा बढेको भन्दै गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर माघ १४ गते बसेको सीसीएमसीसीको बैठकले उक्त निर्णयलाई माघ मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।