Logout

चर्चामा

नेप्सेलाई निफ्राको जवाफः चालु आवमा लाभांश वितरण प्रक्षेपण मात्रै हो

427 Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेप्सेलाई स्पष्टीकरण पठाएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण सेयर निष्कासनको क्रममा प्रकाशित विवरणपत्रमा मात्रै उल्लेख भएको बैंकले स्पष्ट पारेको छ।

लाभांश वितरणसम्वन्धी निर्णय संचालक समितिको बैठक, सम्वन्धित नियमनकारी निकायको स्वीकृति एवम् वार्षिक साधारणसभाको निर्णयमार्फत मात्रै हुने बैंकले जनाएको छ। 

त्यस्तै वण्ड जारी गर्ने सम्वन्धमा नेप्सेमा सेयर सूचीकृत हुनुअघि नै सार्वजनिक भइसकेको विषय भएको जनाएको छ। वार्षिक प्रतिवेदन, सेयर निष्कासनको विवरणपत्रमा समेत यस विषयमा खुलस्त पारिएको स्पष्टीकरण पत्रमा उल्लेख छ।

वण्ड जारी गर्नका लागि बैंकले सम्वन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति, स्वीकृतिहरु लिइसकेको उसले जनाएको छ। राष्ट्र बैंकबाट ५० मिलियन अमेरिकी डलरसम्मको वण्ड जारी गर्नका लागि बैंकले स्वीकृति लिइसकेको छ।

३० मिलियन डलरको वण्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको निफ्राले जनाएको छ। साथै सेयर मूल्यमा प्रभाव पार्ने विषयहरुमा बैंक सजग रहेको निफ्राले जनाएको छ। 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार