Logout

चर्चामा

प्रचण्ड- माधव र देउवा पाँच दलीय गठबन्धनका कलंक : सूर्य थापा

737 Shares

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पाँच दलीय गठबन्धन चुनावसँग डराएको टिप्पणी गर्नुभएको छ । ‘जनतामा जाँदा हरिविजोग हुने निश्चित छ,अनि पानीसँग जुत्ता डराएसरी पाँच दल चुनावसँग माघको सिरेटोमा नांगाभुतुङ्गा भुराहरू जसरी लुगलुग काँपिरहेका छन्,’ फेसबुकमा थापाले लेख्नुएको छ, ‘अर्थतन्त्र कोल्याप्स हुने भीरको डिलमा पुगेको छ,तैपनि यिनलाई कुनै चिन्ता र मतलब छैन ।’

यस्तो छ थापाको भनाई

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमित नेपाली भूभागमा बाटो स्तरोन्नति गरिरहेको स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोल्छन्, उनको कम्फर्टेवल सरकार यहाँ सुनेको नसुन्यै गर्छ ! चुपचाप र मस्त निद्रामा छ । भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारणले जयसिंह धामी महाकालीको भेलमा खसेर बेपत्ता भएको सात महिना भइसक्यो,तर कम्फर्टेवल सरकार बेखबर र मौन छ।

नागरिकले सिटामोलसम्म किन्न पाएका छैनन्, तैपनि देशमा पाँच पार्टीको गठबन्धन सरकार छ ! अघिल्लो सरकारले बन्दोबस्त गरिदिएको २४ लाख डोज खोप बेचेर सत्ताधारीहरूले हजम गरे, त्यसको खोज र छानविन समेत गर्न चासो छैन ! नालायक सरकारका कारण विकास निर्माण ठप्पप्रायस् छ, जिम्मेवारीबोध कसैलाई भएन। संविधान र कानुनबमोजिम स्थानीय तहको आवधिक चुनाव गर्नसम्म आनाकानी गरिरहेका छन्, तैपनि देशमा तिनकै सरकार छ, जो जनादेश होइन, परमादेशको कृपाले मात्र बनेको हो !

जनतामा जाँदा हरिविजोग हुने निश्चित छ,अनि पानीसँग जुत्ता डराएसरी पाँच दल चुनावसँग माघको सिरेटोमा नांगाभुतुङ्गा भुराहरू जसरी लुगलुग काँपिरहेका छन् ! अर्थतन्त्र कोल्याप्स हुने भीरको डिलमा पुगेको छ,तैपनि यिनलाई कुनै चिन्ता र मतलब छैन !
शेरबहादुर देउवा, पुषकमल दाहाल प्रचण्ड, माधव कु. नेपाल, उपेन्द्र यादवंबाबुराम भट्टराई र दुर्गादेवी पौडेलको पञ्चभलाद्मी (!) गठबन्धनचाहिँ जारी छ ? किनभने, कालेकाले मिलेर खाउँ भाले भन्नेमा एकसूत्रीय सहमति भने कायम छ। विनाशकाले विपरित बुद्धि ?
शायद सर्वनाश पनि यस्तै मतिहीनहरूका कारणले नै हुन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार