Logout

चर्चामा

मन्त्री यादवको बचाउ गर्दै जसपाले भन्यो- सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइयोस्

410 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको बचाउ गरेको छ। जनमत समाजवादी पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन्।

अहिले सत्तारुढ दल र अन्य राजनीतिक पार्टीहरुले पनि मन्त्री यादवको राजीनामा माग गर्दै आएको छ। सर्वत्र राजीनामा माग आएपछि जसपाले मन्त्री यादवको बचाउ गर्दै विज्ञप्ति जारी गरेको छ। जसपाले बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रम विथोल्न जनमत पार्टीका नेता कार्यकर्ताले अपराधिक क्रियाकलाप गरेको आरोप लगाएको छ।

'जनता समाजवादी पार्टीका नेता केन्द्रीय कार्यकारिणी समितिका सदस्य भौतिक पर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित 'बलिदानी दिवस'को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा, आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैरराजनीतिक एवं अपराधिक क्रियाकलापमा संलग्न रहेका थिए,' केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उक्त पार्टीद्वारा गराइएका यस्ता उदण्ड, गैरराजनीतिक, उशृंखल, अभद्र, अशोभनीय र अपराधि कार्यको जसपा, नेपाल घोर विरोध एवं भर्त्सना गर्दछ।'

जसपाले अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग मागसमेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार