Logout

चर्चामा

थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि

461 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार