Logout

चर्चामा

ओलीमा प्रचण्डको टाउकोमा चढेर अग्लो हुने सोच रहेछ : माधव नेपाल

887 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन विगतमा पार्टी एकता गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले ओलीमाथि सो आरोप लगाएका हुन् ।

सो क्रममा अध्यक्ष नेपालले ओलीमाथि आफूले गज्जबको काम गरेको भनी गुड्डी हाँक्दै हिँडेको बताए । नेपालले भने, ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि ।

विदेशीहरु प्यारा छन, उनका लागि । तर, आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन् । जसले उसलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् ।

तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार