455
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।
शनिबार र आइतबारका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम स्थगित गरिएको एक नेताले बताए । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका थिए ।
निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको थियो ।