Logout

चर्चामा

कन्सोर्टियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न

740 Shares
बाल सहभागितिमा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ।
 
‘नेपालमा बाल अधिकार अन्दोलन–भावी कार्यदिशा’ विषयक नागरिक संवाद कार्यक्रम आयोजना गर्दै कन्र्सोटियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले हरेक क्षेत्रमा बालबालिकाको समानताको सुनिश्चतता नभएसम्म बालबालिकाको हक र हितको लागि काम गर्दै आएका बिभिन्न संस्थाहरुले आफ्नो अभियानलाई जारी राख्नुपर्नेमा जोड दिएका थिए।
 
नेपालमा सन् १९९० को दशकपछि बालबालिकाको हक अधिकारको क्षेत्रमा बिभिन्न संस्थाहरुको क्रियाशिलताका कारण सकारात्मक परिवर्तन देखिएकाले यस्तो अभियानलाई निरन्तरता दिनु पर्ने र त्यसकोलागि सरकारको तर्फबाट आवश्यक पर्ने सहकार्य गरिने उनले प्रतिवद्धता समेत व्यक्त गरे।
 
त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप–सचिव शान्तिराज प्रसाईंले नेपालमा बाल अधिकार ऐन २०२५ जारी भएपछि शिशु मृत्युदर,बाल मृत्युदर,सडक बालिबालिका र बालश्रमको अवस्थामा सुधार आएको बताए। नेपालमा बालबालिकाको अवस्थालाई थप सुधार गर्न बालबालिकाको क्षेत्रसंग सम्बन्धीत रहेका स्थानिय तहको बिभिन्न निकायहरुमा क्षमता विकास गर्न आवश्यक रहेको प्रसाईंको भनाई थियो। सो कार्यक्रममा कन्सोर्टियम नेपालका निवर्तमान अध्यक्ष किरण थापाले बाल अधिकार अभियानमा निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।
 
कन्र्सोटियम नेपालको मुल नेतृत्व हस्तान्तरण गरेपनि आफु बाल अधिकार अभियानको क्षेत्रमा क्रियाशिल रहने उनको भनाई थियो। बाल सहभागीतामा कार्यरत ५२ जिल्लाका संस्थाहरुबाट १५० जना प्रतिनिधहरुको उपस्थित रहेको उक्त कार्यक्रममा बाल अधिकारको क्षेत्रमा कार्यरत सञ्जालका अध्यक्ष तथा विकासका साझेदार संस्थाहरुका प्रतिनिधि लगायतले बालाधिकारको बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।
 
त्यसैगरी कन्सोर्टियम नेपालको उक्त अधिवेशनबाट अध्यक्षमा युवा बाल अधिकारकर्र्मी मोहन दंगाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सन्तोष महर्जन, महासचिवमा प्रदिपकुमार लामिछाने, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा प्रकास बसी, स्वस्तिका शर्मा, निरिजना भट्ट, विश्वास लामिछाने, बद्री सुवेदी, संजय कुसवाह, गंगा गुरुङ्ग, र पशुपति चौधरी चयन भएका छन्।
 
 
 
 
 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार