Logout

चर्चामा

अभिनेता क्रिसमाथि जबरजस्ती चुम्बन र स्तन छोएको आरोप

693 Shares

चर्चित टेलिभिजन सीरिज ‘सेक्स एण्ड द सिटी’ का अभिनेता क्रिस नथमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि अहिलेसम्म पाँज जना महिलाले यौनशोषण गरेको आरोप लगाएका छन् ।

गायिका लिजा जेट्लीले आफ्ना वकिल ग्लोरिया अलरेडसँग पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएकी छन् । क्रिसले उनलाई सन् २००२ मा यौनशोषण गरेको जानकारी दिएकी छन् । एक रिपोर्टका अनुसार क्रिसमाथि आरोप लगाउँदै लिजाले भनिन्, ‘उनले मलाई जबरजस्ती चुम्बन गरे । साथै, उनले मेरो स्तनमा पनि छोए ।

मैले उनलाई रोक्ने कोसिस गरिरहेको थिएँ ।’ लिजाले यस विषयमा क्रिसले उनलाई फोन गरेर धम्क्याएको पनि बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार