756
Shares
काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।
कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए ।
रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएकाे छ । रामसरोज विमलेन्द्र निधि पक्षका हुन् ।
उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएकाे थियाे । बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने छ ।