Logout

चर्चामा

उपसभापतिको मतगणना : २३०० मत गन्दा उपसभापतिमा गुरुङको अग्रता,भण्डारी दोस्रो स्थानमा

779 Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट गणना थालिएको उपसभापतिको मतगणनामा धनराज गुरुङले झण्डै एक हजार मत ल्याएका छन् । सुरुवातदेखि नै अग्रता कायम गरेका धनराज गुरूङलाई पछ्याउँदै उक्त प्यानलका अर्का उम्मेदवार डा चन्द्र भण्डारीले देउवा प्यानलका दुवै उम्मेदवारहरूलाई १७०० मत गणनादेखि नै पछि पारेका हुन् ।

२ हजार ३०० मत गणना हुँदा गुरुङ ९६० मतका साथ अग्रस्थानमा छन् । सोही प्यानलका अर्का उम्मेदवार डा. चन्द्र भण्डारीले ८७० मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसमा २ जना उपसभापति हुने व्यवस्था छ ।

देउवा प्यानलबाट उपसभापतिमा उठेका पूर्ण बहादुर खड्काले ८४० मत, र सोही प्यानलका विजयकुमार गच्छदारले ६६० मत ल्याएका छन् । दुई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् ।

तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार