Logout

चर्चामा

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

570 Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापतिमा पूनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गरेका हुन् ।

कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गरेका हुन् । उता, शेखरले भन १५०१ मत प्राप्त गरेका छन् ।

को हुन् देउवा ?

२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए । नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन भएका देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन् । देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधामन्त्री बनेका थिए ।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका छन् । पछिल्लो पटक उनी केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका हुन् ।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी फेरि नेपाली कांग्रेसमा एकीकृत भएको थियो ।

त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लगे । कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा उनी लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित भएका छन् ।

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए । न्युज कारखाना

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार