Logout

चर्चामा

देउवा प्यानलबाट मणि भद्र शर्मा कडेल केन्द्रिय सदस्यमा उम्मेदवारी

1.2k Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मणि भद्र शर्मा कडेलले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

देउवा प्यानलबाट उम्मेदवारी दिएका कडेलले आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

विद्यालयको प्र.अ छोडेर राजनीतिमा लागेका कडेल भन्छन : ‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पुरा हुदै आएका छन्’ ,अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’

राष्ट्र निर्माणको आफ्नो सपनालाई पुरा गर्न सबैको सहयोग पाउनेमा आफू विश्वस्त रहेको कडेलले बताएका छन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरु सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरुको सिर्जनसिल सोच, शिल्प, श्रम र केही गरौ भन्ने उत्साह भएकाले नेपाली कांग्रेसले सहि नेतृत्व पाउनु पर्छ ।’

२०४८ देखि २०५२ र २०५९ देखि २०६४ सम्म बागलुङ्गका सभापति भएका कडेल अहिले गण्डकि प्रदेश सरकारको पर्यटन तथा उधोग,आपुर्ति मन्त्री समेत हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार