काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका छन् । बैठकमा ओलीले प्रस्ताव गरेका नामहरूमा व्यवसायी दुर्गा प्रसाई पनि रहेका छन् ।
प्रसाईसँगै रमेश पौडेल, विशाल भट्टराई, ऐन महर, लालबाबु पण्डित लगायत ३९ जनाको नाम प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रस्तावित नाममाथि अहिले छलफल भइरहेको छ ।
ओलीको प्रस्तावमाउपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफ्ना धारणा राखिसकेका छन् । त्यस्तै सचिव योगेश भट्टराईले आफ्ना सुझाब राखेपछि अर्का सचिव गोकर्ण विष्टले आफ्ना धारणा राखिरहेका छन् ।
ऐन महर
चन्द्रमोहन गौतम
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
रेशम लामा
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
उमा कोइराला
कल्पना चापागाईँ
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राणा
सविता यादव
तारादेवी गुरुङ