985
Shares
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवार रहेका शेखर कोइराला उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभा गृह पुगेका छन् । उनीसँगै प्यानलका सदस्यहरु साथ रहेका छन् ।
यस्तो बन्यो टीम शेखर
कोइरालाको टीम तयार भइसकेको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् । महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ ।
यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।